प्रेस काउन्सिलको जिम्मेवारी डा. आचार्यलाई

काठामाण्डौ , सरकारले पे्रसकाउन्सिल नेपालको जिम्मेवारी डा. कुमार शर्मा आचार्यलाई सुम्पिएको छ । केहि दिन अघिमात्र मन्त्री परिषदको बैठकले डा. अचार्यलाई नेपाल प्रेसकाउन्सिलको अध्यक्षमा नियुक्त गर्र्ने निर्णयगरेको थियो । नियुक्ति सँगै काउन्सिलको जिम्मेवारी उहाँको जिम्मामा आईपरेको हो ।
तत्कालीन अध्यक्ष बालकृष्ण बस्नेतको चारबर्से कार्यकाल गत जेठ २० गते सकिएपछि त्यस एता काउन्सिल नेतृत्व बिहिन हुदै आएको थियो । अध्यक्ष आचार्यले आफ्नो जिम्मेवारी सम्हल्ने क्रममा शुरुमै २०७९सालको पत्रपत्रीकाको नतिजा प्रकाशन गर्नु भएको छ । जुन नतिजा अध्यक्षको अभावमा रोकिएर रहेको थियो ।
वरिष्ठ अधिवक्ता अचार्यको जन्म २०१५ साल असार २१ गते दाङको तुलसीपुर उपमहानगरपालिका–२, भमकेमा भएको थियो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट एमए, पूर्वाञ्चल विश्वविद्यालयबाट एलएलएम र विद्यावारिधि गर्नुभएको छ ।

LEAVE A REPLY