काठमाडौँ । नेकपा एमालेको एघँँरौं महाधिवेशनकावेला एमालेका अध्यक्ष केपी शर्मा ओली र इश्वर पोरेलको चर्को प्रतिस्सर्धा हुन लागेका बेला नेता शेरबहादुर तामाङले उपमहासचिव पदमा दाबी पेस गर्ने भएका छन् । हाल स्थायी कमिटी सदस्य रहेका तामाङले अध्यक्षमा केपी शर्मा ओलीलाई साथ दिँदै उपमहासचिवमा दाबी गर्ने बताएका हुन् ।
‘महाधिवेशनमा केपी ओलीलाई समर्थन गर्दै उपमहासचिवमा मेरो सशक्त दाबेदारी रहन्छ’, तामाङले बिहीबार निकटस्थहरूलाई एसएमएस पठाउँदै भनेका छन्, ‘हजुरको सहयोग तथा सुझावको हार्दिक अपेक्षा गर्दछु । हाम्रो सोलिडारिटी सधैँ रहनेछ ।’
मङ्सिर २७ देखि हुने एमाले महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र नेता ईश्वर पोखरेलले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।








