काठमाडौं, ललितपुर र चितवनका निर्वाचन अधिकृतद्वारा गाडी फिर्तागर्न आलटाल

निर्वाचन सकिएपछि काठमाडौं, ललितपुर र चितवनका मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगबाट प्राप्त गाडी फिर्ता गर्न आलटाल गरेको पाइएको छ।
जिल्लास्थित निर्वाचन कार्यालयहरूले पटक–पटक गाडी फिर्ता गर्न ताकेता गर्दा पनि अधिकृतको कार्यालयले फिर्ता नगरेको गुनासो गरेका छन्।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले गाडी कार्यालयकै नाममा भएको र निर्वाचन सकिएपछि फिर्ता गर्नुपर्ने बताए।
। निर्वाचन सकिएपछि फिर्ता गर्नेगरी अधिकृतको कार्यालयलाई जिल्लास्थित निर्वाचन कार्यालयले सवारी साधन उपलब्ध गराएको थियो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गरेर निर्वाचनको समग्र व्यवस्थापन, सूचना प्रवाह, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन भनेर निर्वाचन आयोगले गठन गरेको विभिन्न विशेष इकाई तथा समन्वय केन्द्रहरू २७ फागुनमै बन्द भइसकेका छन् ।
निर्वाचनको अन्तिम परिणाम आएर सरकारसमेत गठन भइसक्यो तर कतिपय निर्वाचन अधिकृतको कार्यालयले गाडी फिर्ता नगरेको पाइएको छ । फिर्ता नगर्नेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौं, ललितपुर र चितवनका छन् ।
जिल्लास्थिति निर्वाचन कार्यालयहरूले गाडी फिर्ताको लागि अधिकृतको कार्यालयलाई बारम्बार ताकेता गर्दा पनि फिर्ता नगरेको गुनासो गरेका छन् । ‘निर्वाचन सकिएपछि फिर्ता गर्नुपर्ने हो तर फिर्ता भएको छैन,’ जिल्ला निर्वाचन कार्यालय काठमाडौंको निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले भने ।
काठमाडौंका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश चुरमान खड्काले फागुन १६ मा निर्वाचन आयोगबाट बा २ झ ७६१७ नम्बरको स्कोर्पियो गाडी निर्वाचन सकिएपछि फिर्ता गर्नेगरी हस्ताक्षर गरेर लिएका थिए । अधिकृतको कार्यालयलाई सवारी साधन दिँदा लिखित कागज गरेर नै दिएको हुन्छ । तर उनीहरूले गाडी फिर्ता गर्न आलटाल गरेका छन् ।

LEAVE A REPLY