कामिरिता शेर्पा (एभरेष्टम्यान ) ले गरे ३२औं पटक सगरमाथा आरोहण, काटमाण्डौमा भव्य स्वागतको तयारी

३ जेठ, काठमाडौं । कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औंपटक सगरमाथाको सफल आरोहण गरेका छन् ।
५६ वर्षीय कामिरिताले आज १७ मे २०२६० बिहान १०ः१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ ।
उनी ‘एभरेष्ट म्यान’को उपनामले चिनिन्छन् । सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान उनकै नाममा छ ।
‘३२ औं पटक सफल आरोहणपछि कामिरिता र उनको टोली अहिले आधार शिविरतर्फ ओर्लिने क्रममा छन्,’ सेभेट समिट ट्रेक्सले फेसबुकमा लेखेको छ, ‘उनको सुरक्षित अवतरणको कामना गर्दै काठमाडौँमा उनको भव्य स्वागतको तयारी गरिँदैछ ।
सन् १९९४ देखि सगरमाथा आरोहणको यात्रा सुरु गरेका कामिरिताले सन् २०२६ सम्म आइपुग्दा पर्वतारोहणको क्षेत्रमा अद्वितीय र अतुलनीय सफलता हासिल गरिसकेका छन् । उनलाई नेपालको राष्ट्रिय गौरव मात्र नभई विश्व पर्वतारोहण समुदायकै एक सर्वोत्कृष्ट प्रतीकको रुपमा लिइन्छ ।

LEAVE A REPLY