२२ असार, काठमाडौं ।
उपत्यकामा बर्डफ्लु फैलिएको समाचार आइउनथाले संगै खसीको मासु मंगीन थालेको छ ।मासु पसलेहरु खसीको मूल्य नै बडेर आएको हँदा विगतमा भन्दा केहि महंगो मुल्य परेको पसले हरु बताउछन् । ‘केही समयअघिसम्म १२ देखि १३ सय रुपैयाँ मूल्य रहेको मासु एक्कासि बडेको छ ।
पसलेहरु भन्दछन् ‘जिउँदो खसी नै महँगो भएको र बजारमा पर्याप्त नपाएको’अवस्था छ ।
काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएसँगै पछिल्लो एक महिनामा खसीको मासुको मूल्य किलोमै ३ सयदेखि ४ सय रुपैयाँसम्म बढेको छ । कुखुरा मासुको विकल्पमा उपभोक्ताले खसीको मासुको प्रयोग बढाएसँगै बजारमा व्यापारीले यसको मूल्य उच्च बनाएका छन् ।
मौकाको फाइदा उठाउँदै बिचौलिया र व्यापारीहरूले उपत्यकामा मागअनुसार खसी आयात नभएको र माग बढेको बहानामा मासुको मूल्य अचाक्ली बढाएको आम उपभोक्ताको आरोप छ ।
हुन त उपत्यकाका मासु पसलमा कुखुरा मासुको खपतमा खासै कमी आएको देखिँदैन । अहिले पनि काठमाडौंका खुद्रा पसलमा कुखुराको मासु नै प्रतिकिलो ३ सय ७० देखि ३ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।
मासु पसलेहरू नै पहिलेको तुलनामा कुखुरा मासुको खपतमा केही कमी आए पनि बिक्री नरोकिएको बताउँछन् । तर, यही बर्डफ्लुको बहानामा अहिले उपत्यकाका केही सीमित ठाउँमा १ हजार ४ सय ५० देखि १ हजार ५ सय र अधिकांश ठाउँमा १ हजार ६ सय ५० देखि १ हजार ७ सय रुपैयाँ प्रतिकिलोसम्म खसीको मासु किनबेच भइरहेको छ।
‘









