२३ असार, सिरहा । सिरहाका विभिन्न सीमा नाकाबाट भन्सार छलीका १४ लाख बढीको सामान बरामद भएका छन् । भारतबाट नेपालतर्फ ल्याउँदै गरेका र भारततर्फ पठाउँदै गरेको १४ लाख ३ हजार ३२६ बराबरका विभिन्न सामान सशस्त्र प्रहरीले बरामद गरेको हो
नम्बर ७ गण मुख्यालय, सिरहाका अनुसार सीमा क्षेत्रमा सञ्चालन गरिएको नियमित निगरानी तथा चेकजाँचका क्रममा मोटरसाइकल, कस्मेटिक सामग्री, पित्तलका भाँडा, मदिरा, इलेक्ट्रिक सामान, किराना सामग्री तथा डिजेल बरामद गरिएको छ
सशस्त्र प्रहरी बल नम्बर ७ गण, सिरहाका प्रहरी उपरीक्षक एसपी सुमन जंग थापाले सीमा क्षेत्रमा हुने भन्सार छली, तस्करी तथा अवैध ओसारपसार नियन्त्रणका लागि सुरक्षा निकायले नियमित रूपमा निगरानी र जाँचलाई प्रभावकारी बनाएको बताए ।
उनका अनुसार बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाएको छ।सिरहामा अवैध सामान बरामद
२३ असार, सिरहा । सिरहाका विभिन्न सीमा नाकाबाट भन्सार छलीका १४ लाख बढीको सामान बरामद भएका छन् । भारतबाट नेपालतर्फ ल्याउँदै गरेका र भारततर्फ पठाउँदै गरेको १४ लाख ३ हजार ३२६ बराबरका विभिन्न सामान सशस्त्र प्रहरीले बरामद गरेको हो
नम्बर ७ गण मुख्यालय, सिरहाका अनुसार सीमा क्षेत्रमा सञ्चालन गरिएको नियमित निगरानी तथा चेकजाँचका क्रममा मोटरसाइकल, कस्मेटिक सामग्री, पित्तलका भाँडा, मदिरा, इलेक्ट्रिक सामान, किराना सामग्री तथा डिजेल बरामद गरिएको छ
सशस्त्र प्रहरी बल नम्बर ७ गण, सिरहाका प्रहरी उपरीक्षक एसपी सुमन जंग थापाले सीमा क्षेत्रमा हुने भन्सार छली, तस्करी तथा अवैध ओसारपसार नियन्त्रणका लागि सुरक्षा निकायले नियमित रूपमा निगरानी र जाँचलाई प्रभावकारी बनाएको बताए ।
उनका अनुसार बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाएको छ।