काठमाडौं । फिफा विश्वकप २०२६ बाट अमेरिका बाहिरेको छ। आजमंगलबार बिहान भएको खेलमा अमेरिका बेल्जियमसँग ४(१ ले पराजित भइ विश्वकपबाट बाहिरेको हो भने बेल्जियम क्वाटरफाइनलमा पुगेको छ ।
आजको खेलामाबेल्जियका चाल्स डे केटलेरले दुई, हान्स भानकेन र रोमेलु लुकाकुले एक(एक गोल गरे।
हाज जारी राउन्ड अफ १६ को खेलमा अमेरिकाविरुद्ध पहिलो गोल बेल्जियमले खेलको नवौँ मिनेटमै गरेको थियो।
डे केटेलेरले अमेरिकाविरुद्ध पहिलो गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए। उनै केललेरले ५७ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। बेल्जियमका एन रास्किनले ३३ औँ मिनेटमा टिमका लागि दोस्रो गोल गरे।
दोस्रो हाफको इन्जुरी समयमा लुकाकुले गोल गर्दै बेल्जियमलाई ४–१ को जित दिलाएका हुन्।
अमेरिकाको तर्फबाट तिल्मानले खेलको ३१ औँ मिनेटमा गरेको गोल सान्त्वनाको रूपमा रह्यो।
अब बेल्जियमले अब सेमिफाइनल प्रवेशका लागि स्पेनसँग खेल्नेछ।








