काटमाण्डौ, एमालेको एघारौं महाधिवेशनको उद्घाटन मसिर २७ गते भक्तपुरको सल्लाघारीमा र बन्द सत्र काठमाण्डोैको भृकुटीमण्डपमा हुने तय भएको भानुभक्त ढकालले बताउनु भयो । पार्टीको महाधिवेशनका लागि गठित स्वयंसेवक परिचालन समितिका संयोजक ढकालका अनुसार एमालेको ११औं महाधिवेशनको उद्घाटन सत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएका छन् भने बन्द सत्रमा ५०० जना स्वयम सेवक हुने छन् । उहाँकाअनुसार उद्घाटनको खुला सत्रमा उल्लेख्य जनसहभागिता हुने भएकाले १० हजार स्वयंसेवक परिचालन गर्ने व्यवस्था गरिएको बताउनु भयो।
एमालेले हालै गठन गरेको राष्ट्रिय स्वयंसेवक फोर्स एनभीएफले पनि स्वयंसेवाको समन्वय गर्नेछ ।








