सन्दीप लामिछानेले बीपीएलमा खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग बीपीएल खेल्ने भएका छन्।
राजशाही वारियर्सले आइतबार सन्दीपलाई टोलीमा अबनुबन्ध गरिएको जनाएको हो। यस टोलीमा एनपीएल खेलेका न्युजिल्यान्डका अलराउन्डर जिमी नीशम पनि छन्।उक्त टीमले लामिछानेलाई स्वागत गर्दै हिमालयन म्याजिक भनेको छ।
बीपीएलमा पहिले अनुभव भएका लेग स्पिनर लामिछानेले यसअघि प्रतियोगितामा सिल्हेट सिक्सर्सको प्रतिनिधित्व गरेका थिए।

LEAVE A REPLY