प्रधानमन्त्री सुशीला कार्कीले आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितका आयोगका पदाधिकारीहरूसँगको भेटमा आयोगको म्याद थपिनने बताउनु भएको छ ।
आफूहरूको मागअनुसार प्रधानमन्त्री कार्कीले आयोगको म्याद थप गर्ने बताएको आयोगका अध्यक्ष कार्कीले जानकारी दिए । प्रधानमन्त्री कार्कीसँग भेट गरी अध्यक्ष कार्कीले काम नसकिएको भन्दै आयोगको म्याद एक महिना थप गर्न आग्रह गरेका थिए । आयोगको उक्त मागअनुसार आयोगको म्याद थप गर्न प्रधानमन्त्री कार्की सहमत हुनुभएको अध्यक्ष कार्कीले बताए ।
उनले भने ‘हाम्रो म्याद सकिन लाग्यो । काम अझै बाँकी छ । हामी प्रधानमन्त्रीज्यूसँग त्यही कुराकानी गर्न आएको हौँ । एक महिना हामीलाई थप्नु पर्छ । समय पुगेको छैन । के गर्ने भन्दाखेरि २ हप्ता बढी त बिदा नै भयो । प्रहरीले एक महिनासम्म लिस्ट पठाएन । त्यसकारण काम गर्न ढिलाइ भयो । त्यसकारण एक महिना थप्नु प¥यो भन्यौ । प्रधानमन्त्रीज्यूले प्रस्ताव पठाउनु थपिदिन्छु भन्नुभयो ।’
आयोगको म्याद यही पुस ९ गते सकिँदै छ । कार्यादेशअनुसार बाँकी कामलाई पूरा गर्न थप एक महिनाको समय आवश्यक भएकाले प्रधानमन्त्री कार्कीसँग सो विषयमा छलफल गरिएको अध्यक्ष कार्कीले बताए ।








