३ पुस, काठमाडौं । गौरी बहादुर कार्की नेतृत्वको छानविन आयोगले अब एमाले अध्यक्ष तथा पूर्व प्रधान मन्त्री ओली र तत्कालिन गृह मन्त्री रमेश लेखकवालाइ बयान लिन बोलाउने तयारी गरी रहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश ठप्प पार्न र सरकार नै ढालिदिन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
उनले महाधिवेशनबाट निर्वाचित भएपछिको सभामा सम्बोधन गर्दै यस्तो गरिए देशभरबाट एमाले उठ्ने चेतावनी दिए ।
‘अहीले पञ्चायतकालको जस्तो जाली मुद्दा लगाउने कोसिस हुँदैछ,’ ओलीले भने, ‘एमाले नेतृत्वमाथि छोएमा देश ठप्प हुनुपर्छ । एमालेले सरकार ढाल्ने छ । एमालेलाई छोएको त्यो महंगो पर्ने छ ।’








