काठमाडौं । मनाङ मर्स्याङ्दी फुटसल कोर्टको आयोजनामा काठमाडौंमा आगामी पुस ४ र ५ गते दोस्रो एमआरसी फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।
बिहीबार आयोजक मित्रनगर राइजिङ क्लब ९एमआरसी०ले पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको जानकारी दिएको हो ।
प्रतियोगिताको विजेता टोलीलाई एक लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । त्यसैगरी, उपविजेता टोलीलाई ५० हजार ५५५ रुपैयाँ प्रदान गरिने छ ।
प्रतियोगिताको अनुमानित कुल खर्च सातदेखि नौ लाख रुपैयाँ रहेको छ । प्रतियोगिताको टिम दर्ता शुल्क आठ हजार रुपैयाँ रहेको छ । प्रतियोगितामा कुल ५० टिमको सहभागिता रहने आयोजकको अनुमान छ ।
आयोजकले यो प्रतियोगिता गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दिवंगत सहिदहरूप्रति समर्पित गरेको छ ।









