एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औं महाधिवशनबाट निर्वाचि पदाधिकारीहरुलाई पार्टीको सामुहिक प्रयासबाट निकालिएका नीति विपरीत नचल्न नव निर्वाचित नेता —कार्यकताहरुलाई निर्देशन दिएकाछन्।
शुक्रबार ११औँ महाधिवेशनबाट निर्वाचित पार्टी केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्षओलीले तयस्तो निर्देशन दिएका हुन । उनले एमाले खास्टो ओढेर सिंहदरबारमा आगो लगाउने जस्तो नक्कली पार्टी नभई लोकतान्त्रिक, साँचो कम्युनिस्ट पार्टी भएको दाबी गरे । एमालेका हरेक सदस्यहरूले कडा अनुशासनमा रहेर काम गर्नुपर्ने उनको भनाइ छ । उनले नेता—कार्यकताहरुलाई पार्टीको बैठकमा मोबाइल चलाउने काम नगर्न पनि निर्देशन दिए।
अध्यक्ष ओलीले नेता —कार्यकर्तालाई निर्देशन दिने क्रममा यस्तो भनार्इ राखेः
एमाले जस्तो साँचो कम्युनिस्ट पार्टी । यो झण्डा ओढेर सिंहदरबार जलाउनेजस्तो नक्कली आवरण, नक्कली अर्कै कामवाला पार्टी होइन । यस्तो पार्टीको साँच्चै दृढ अनुशासन चाहिन्छ । म कमरेडहरुलाई भन्न चाहन्छु– हाम्रो पार्टी लोकतान्त्रिक पार्टी हो । त्यसकारण हरेक व्यक्ति स्वतन्त्र छ । हरेक व्यक्ति आफ्नो अध्ययन, आफ्नो चिन्तन, आफना विचार, आफ्ना निष्कर्षहरू निकाल्न पाउँछ । र, योगदान गर्न पाउँछ । तर, पार्टीका नीति, निर्णयभन्दाविपरीत स्वतन्त्रताको नाममा आफ्नो अध्ययन र निष्कर्षका नाउँमा पार्टीका नीति, निर्णय, जो हाम्रा सामूहिक बलबाट, प्रयासबाट निकालिएका छन् । ती सामूहिक प्रयासका विरुद्ध मेरा निजी कुरा भनेर, सामूहिक हितका विरुद्ध मेरो निजी हित भनेर, राष्ट्रिय स्वार्थका विरुद्ध मेरो निजी स्वार्थ भनेर चल्न हुँदैन । त्यसलाई अनुशासन भनिँदैन । र, त्यो अनुशासन पनि होइन ।








