काठमाडौ,काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सातै प्रदेशका जेनजी प्रतिनिधिहरूसँग छलफल गरेका छन्।छलफलका क्रममा शाहल सबै जेनजीहरुलाई एक भएर आउन सुझाव दिएका हुन् ।
बिहीबार दिनभर विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफलमा व्यस्त बालेनले साँझ जेनजीका प्रतिनिधिसँग भेटेका हुन् । भेटमा हामी नेपालका संयोजक सुदन गुरुङ पनि सहभागी थिए ।
जेनजी प्रतिनिधि खेमराज साउदका अनुसार जेनजीहरूले नयाँ भनिएका राजनीतिक दल र शक्तिहरू मिलेर जानुपर्ने सुझाव बालेनलाई दिएका छन् । आफू दलीय राजनीतिमा आएको जानकारी दिँदै बालेनले जेनजी रक्षा बमलाई सबै जेनजीलाई एक भएर आउन आग्रह गरेका थिए ।
बालेनले उनीहरूलाई आफ्ना सहयोगी कुमार बेनको घरमा भेटेका हुन् । बेनको घरमा आज बालेनले करिब १२ घण्टा समय बिताए ।








