१९ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले सन् २०२६ का लागि वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । शनिबार पत्रकार सम्मेलन गरी क्यानले क्यालेण्डर सार्वजनिक गरेको हो ।
क्यालेण्डरमा नेपालको पुरूष र महिलाको विभिन्न टोलीले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूदेखि शृंखला र घरेलु क्रिकेटका प्रतियोगिताहरू समावेश रहेको छ
सअनुसार जनवरीमा आईसीसी महिला टी—२० विश्वकपको ग्लोबल छनोट नेपालमै आयोजना हुँदैछ भने फेब्रुअरीमा नेपाली पुरुष टोलीले टी(२० विश्वकप खेल्दै छ । महिला टोलीको प्रिमियर कप पनि प्रस्तावित छ ।
मार्चमा पुरुष टिमले लिग २ को शृंखला खेल्ने छ भने महिला टोलीले पनि बाइल्याटरल सिरिज खेल्ने उल्लेख छ । यू—१९ टिमले भुटानको भ्रमण गर्ने पनि उल्लेख छ ।
अप्रिलमा नेपाल ए को शृंखला हुनेछ भने महिलाको पनि शृंखला हुनेछ । यू—१९ महिलाको पनि शृंखला समावेश छ ।
मे महिनामा पुरुष टिमले लिग २ देखि टीै २०आई शृंखला खेल्नेछ । नेपाल ए र महिला टोलीको पनि शृंखला हुनेछ ।
जुन महिनामा पुरुष टिमले टी—२०आई शृंखला खेल्ने उल्लेख छ । यू—१९ महिला टिमले मलेसिया भ्रमण गर्नेछ ।
जुलाईमा पुरुष टोलीको लिग २ शृंखला हुनेछ । महिला एसिया कप पनि हुनेछ । यू—१६ इस्ट जोन कप पनि यसै महिना हुनेछ ।
अगस्टमा पुरुषको एसीसी प्रिमियर कप हुनेछ भने कुवेतसँग टी—२०आई शृंखला पनि हुनेछ । टप एन्डमा यस वर्ष पनि सहभागिता जनाउने उल्लेख छ ।
सेप्टेम्बरमा पुरुष टोलीको बाइल्याटरल सिरिज हुनेछ भने महिलाको पनि यूएईसँग शृंखला हुनेछ ।
अक्टोबरमा पुरुष टिमको लिग २ शृंखला हुनेछ भने महिला टिमको पनि त्रिदेशीय शृंखला हुने उल्लेख छ ।
नोभेम्बरमा नेपाल प्रिमियर लिग क्रिकेट हुनेछ भने डिसेम्बरमा महिला र पुरुष दुवैको अन्तर्राष्ट्रिय शृंखला हुने उल्लेख गरिएको छ ।









