बरिष्ठ नेता बालेन शाहंद्वारा घण्टीमा भोट हाल्न आग्रह

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन शाहले मधेसीको छोरा भएर नभइ सही मान्छे प्रधानमन्त्री बन्नेवाला भएकाले घण्टीमा भोट हाल्न आग्रह गरेका छन्।
आज जनकपुरमा आयोजित घोषणासभामा बालेनले अबको सरकार सही सरकार आउने पनि दावी गरे।
मैथिली भाषामा भाषण गर्दै बालेनले काठमाडौँमा अधिकार माग्न होइन, घुम्न जाने गरी प्रदेशलाई बलियो बनाउनुपर्ने बताए।
मिटरब्याज पीडित र उखु किसानहरू आफ्नो माग लिएर काठमाडौँ आए पनि आफूले काठमाडौँको मेयरका रूपमा उनीहरूलाई केही गर्न नसकेको भन्दै उनले दुख व्यक्त गरे।
स्थानीयस्तरका मुद्दा लिएर अधिकार माग्न काठमाडौँ आउने प्रवृत्ति अन्त्यका लागि आफू राष्ट्रिय राजनीतिमा आएको उनले सुनाए।

LEAVE A REPLY