५ माघ, काठमाडौ ।तत्कालिन नागरीकउन्मुक्ति पार्टीकि अध्यक्ष रञ्जिता श्रेष्ठले आफू यसपाली चुनाव नलड्न ेबताएकी छन् । यस सगै नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधि सभा चुनावमा कैलाली–१ बाट रामलाल डगौरा थारुलाई उम्मेदवार बनाउने भएको छ ।
थारु टीकापुर नगरपालिकाका मेयर हुन् । २०७९ को स्थानीय चुनावमा नागरिक उन्मुक्ति पार्टीबाट मेयर जितेका थारुलाई नेकपाले सांसद पदको टिकट दिएको हो
नागरिक उन्मुक्ति पार्टी पृष्ठभूमिका नेताले सांसदको टिकट पाएको यही एउटा क्षेत्र हो । कैलाली–१ बाट गत चुनाव रञ्जिता श्रेष्ठले जितेकी थिइन् । त्यसबेला उनी नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष थिइन् ।
केही समयअघि आफू नेतृत्वको पार्टी नेकपामा समाहित गरेकी श्रेष्ठले यसपटक चुनाव लडिनन् । उनले भनिन्— ‘यसपटक मैले चुनाव लडिनँ, अब सबै उम्मेदवार मेरो भयो,’ ।








