रूकुम पूर्वमा नेपाली कम्यूनिष्टपार्टी र कांग्रेसको भिडन्त हुने

५ माघ, काठमाडौं आसँन्न निर्वाचनमा,नेपाली कम्यूनिष्टपार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलेउम्मेदवारी दिने तय गरेको रुकुम पूर्वमा नेपाली कांग्रेसले पनि तिनिधिसभा निर्वाचनका लागि रूकुम पूर्वबाट निवर्तमान सांसद कुसुम थापा मगरलाई प्रत्यक्ष तर्फ उम्मेदवार बनाउने भएको छ । यस सँगै नेपालीकाँग्रेस र नेपाली कम्यूनिष्टपार्टी बीच भिडन्त हुने भएको हो ।
नेतृ थापाले आफूलाई पार्टीले उम्मेदवार बनाएको पुष्टि गरेकी छन् ।
प्रतिनिधिसभा निर्वाचन २०७९ मा रूकुम पूर्वबाट तत्कालीन नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तिमगर विजयी भएका थिए ।
कांग्रेस र तत्कालीन नेकपा एकीकृत समाजवादीसँगको चुनावी तालमेलमा लडेका उनले १२ हजार २६२ मत पाएका थिए ।

LEAVE A REPLY