एमाले अध्यक्ष ओलीको लोकपृयता देखेपछि बालेनले छाडे झापा , लिए जनकपुरबाट टिकट

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले उम्मेदवारी क्षेत्र परिवर्तन गरेका छन्। झापा–५ बाट चुनाव लड्ने तयारीमा रहेका बालेनले अन्ततः जनकपुर क्षेत्रबाट टिकट लिएको खुलासा भएको छ।
पार्टी सभापति रवि लामिछानेमार्फत बालेनले जनकपुरबाट उम्मेदवारी पाएका हुन्। लामिछाने र बालेन दुवै पार्टीको आमसभा कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका बेला उक्त निर्णय भएको रास्वपा स्रोतले जनाएको छ।
यसअघि बालेनलाई झापा–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनावी मैदानमा उतार्ने चर्चा तीव्र थियो। ओली झापा पुगेका बेला चन्द्रगढी विमानस्थलमा सयौँ कार्यकर्ताले नेपालको चुच्चे नक्सासहित गरेको भव्य स्वागतले एमालेको संगठनात्मक शक्ति र ओलीको राष्ट्रवादी छविलाई थप बल दिएको राजनीतिक विश्लेषकहरू बताउँछन्। ओलीको लोकपृयता देखेपछि बालेनले रणनीति परिवर्तन गर्दै झापाको सट्टा जनकपुर रोजेको टिप्पणी हुन थालेको छ।
ओली २०४८ सालदेखि निरन्तर झापा–५ बाट सक्रिय रहँदै आएका नेता हुन्। उनले आफु प्रधान मन्त्री भएका बेला झापाको विकासमा करोडौ रुपैयाँ बराबरको योजना भित्र्याएर झापा बासीमा योगदान गरेको झापालीहरुले नै बताउदै आएका छन् । यसैकारणले ओलीको झापामा बलियो पकड रहेको छ । यस्तो क्षेत्रमा ओली सँग प्रतिस्पर्धा गर्न नसक्ने बुझेर झापा छोडी जनकपुरबाट टिकट लिएको बुझार्इ रहेको छ।
यसअघि बालेन निकट नेताहरूले झापा पुगेर चुनावी अभियान सुरु गर्ने संकेत दिएका थिए। सामाजिक सञ्जालमा बालेनले लेखेको ‘शुभकामना सबैलाई, हामी आउँदै छौँ’ भन्ने स्टाटसलाई झापा–५ सँग जोडेर हेरिएको थियो। तर पछिल्लो निर्णयसँगै उक्त संकेत जनकपुर केन्द्रित भएको प्रष्ट भएको छ।

LEAVE A REPLY