संसद पुनर्स्थापनासम्बन्धी रिट छिटो अगाडी बढाउन प्रधान न्यायाधिसलाई ध्यानाकर्षण गराईदै

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सांसदहरु संसद पुनर्स्थापनासम्बन्धी रिट छिटो अगाडी बढाउन सर्वोच्च अदालतको ध्यानाकर्षण गर्न आज सर्वोच्च अदालत जाने तयारीमा छन् ।ब
विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक रहेका श्यामकुमार घिमिरे नेतृत्वको पूर्व सांसदहरूको टोलीले रिट छिटो अगाडि बढाउन ध्यानाकर्षण गराउनका लागि प्रधानन्यायाधीश राउतसँग आज बिहीबारका लागि समय लिएको हो
घिमिरेले कांग्रेस एमालेलगायतले दायर गरेको रिटको सुनुवाइ अगाडि बढाउन आज प्रधानन्यायाधीश राउतलाई भेटेर ध्यानाकर्षण गराइने जानकारी दिए । उनले एमालेका सांसदलाई पनि सर्वोच्च जानका लागि खबर गरेको जानकारी दिए । कांग्रेसका ६५ पूर्व सांसदले संसद् पुनर्स्थापनाका लागि रिट दायर गरेका छन् ।

LEAVE A REPLY