काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा सुनुवाइ नसकिएपछि सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ।सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा रिट निवेदक पक्षको बहस नसकिएपछि भोलिका लागि पुनः सुनुवाइ तोकिएको हो।
आज रिट निवेदक शेरबहादुर देउवाको तर्फबाट कानुन व्यवसायी तथा सरकारी वकिलहरूले बहस गरेका छन्। शुक्रबार सभापति गगन थापा पक्षका कानुन व्यवसायीले बहस गर्ने गरी समय विभाजन गरिएको अदालतले जनाएको छ।
यसअघि चैत २७ गते कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासले विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापासहित सम्बन्धित पक्षलाई पेसीको सूचना दिन आदेश दिएको थियो।
शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले ४ माघमा रिट दायर गरेका थिए।
प्रारम्भिक सुनुवाइका क्रममा माघ ६ गते न्यायाधीश सुनिलकुमार पोखरेलले मुद्दामा केही संवैधानिक प्रश्नको निरूपण आवश्यक रहेको उल्लेख गरेका थिए।
देउवा र खड्काको वारेस श्रवणकुमार श्रेष्ठले दायर गरेको रिटमा निर्वाचन आयोगको निर्णय बदर गर्न तथा नयाँ निर्वाचित कार्यसमितिलाई अवैधानिक ठहर गर्दै भंग गर्न माग गरिएको छ।









