अर्जेनटीनाले ६ वटा सेमीफाइनलमा शत् प्रतिशत् जित हातपार्यो

फिफा विश्वकप २०२६ को सेमिफाइनलमा फ्रान्स, स्पेन, इंग्ल्यान्ड र अर्जेन्टिना प्रवेश गरेका छन् ।
विश्वकप इतिहासमा पहिलोपटक फिफा वरीयताका शीर्ष चार टोली नै सेमिफाइनलमा पुगेका छन् ।
अर्जेन्टिनाले हालसम्म खेलेका सबै छ वटा सेमिफाइनल खेलमा शतप्रतिशत जित हात पारेको छ ।
फिफा विश्वकप २०२६ मा १०० खेल सम्पन्न भएपछि अब सेमिफाइनल खेलको पर्खाईमा फुटबल समर्थकहरू छन् ।
४८ राष्ट्रले प्रतिस्पर्धा गरेको २३औं संस्करणको विश्वकपमा अब ४ टिम मात्र उपाधि होडमा बाँकी छन् । आज र भोली राति भोलि बिहान र पर्सि बिहानसेमिफाइनल खेल हुँदैछ । जहाँबाट दुई टोली उपाधि होडमा कायम रहँदा दुई टोलीको यात्रा यहीबाट सकिनेछ ।
फ्रान्स र स्पेनबीच भोलि बिहान १२ः४५ बजे पहिलो सेमिफाइनल हुनेछ भने इंग्ल्यान्ड र अर्जेन्टिनाबीच पर्सि बिहान १२ः४५ बजे सेमिफाइनल खेल हुनेछ ।

LEAVE A REPLY