नेपाल टेलिकमको कार्यभार रीना डंगोलको काँधमा

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकम को निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोललाई नियुक्त गरेको छ । सम्माननीय प्रधानमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय मिति २०८२ माघ २२ को निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मिति २०८२ माघ २३ गते नियुक्ति पत्र जारी गर्दै उहाँलाई नियुक्त गरे पछि नेपाल टेलीकमको कार्य भार उहाँको काँधमा पर्न गएको हो ।
नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डंगोलले बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल विषयमा बीई उत्तीर्ण गर्नुभएको छ । उहाँले २०५१ जेठ १ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदबाट सेवा सुरु गरी २०५२ जेठ ९ गते स्थायी नियुक्ति प्राप्त गर्नुभएको थियो ।
उहाँ २०८० जेठ ३२ देखि नेपाल टेलिकमको नायव प्रबन्ध निर्देशक पदमा कार्यरत रहँदै प्रादेशिक निर्देशनालय विराटनगर र काठमाडौं तथा वायरलाइन र ग्राहक सेवा निर्देशनालयको निर्देशकको जिम्मेवारी समेत सम्हालिसक्नु भएको छ । नियुक्ति हुनुअघि उहाँ प्रमुख प्राविधिक अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
पदभार ग्रहण गर्दै डंगोलले नेपाल सरकारले देखाएको विश्वासप्रति आभार व्यक्त गर्दै ग्राहकको आवश्यकता र सरकारको प्राथमिकता अनुरूप कम्पनी, कर्मचारी तथा राष्ट्रको हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले कम्पनीलाई ग्राहक–केन्द्रित, प्रविधिमैत्री तथा आर्थिक रूपमा सक्षम बनाउँदै सार्वजनिक दायित्व र प्रतिस्पर्धात्मक क्षमताबीच सन्तुलन कायम गर्ने लक्ष्य रहेको बताउनुभयो ।

LEAVE A REPLY