कांग्रेसउपसभापति शर्माद्वारा पार्टी प्रवेश गर्ने कुमार सिलवाल सहितका नेताहरुलाई सम्मान

२३ माघ, काठमाडौं । नेकपा बहुमतका ललितपुर जिल्ला इन्चार्ज कुमार सिलवाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनी शुक्रबार १२ जना सहकर्मीसहित नेकपा बहुमत त्यागेर कांग्रेसमा प्रवेश गरेका हुन् ।यस सँगै कांग्रेस उपसभापति विश्वप्रकाश शर्माद्वारापार्टी प्रवेश गर्ने सबैलाई रुद्राक्षको माला लगाईएिर सम्मान गर्नु भएका शर्माकोसचिवालयले जनाएको छ ।
ललितपुरका तीन वटै निर्वाचन क्षेत्रका उम्मेदवारसहित सातदोबाटोमा जारी जिल्ला भेलामा पुगेर सिलवालले उपसभापति विश्वप्रकाश शर्माको उपस्थितिमा पार्टी प्रवेश गरेको बताइएको छ ।
विशेष महाधिवेशन गरेर नयाँ दृष्टि र नयाँ नेतृत्वसहित कांग्रेस अगाडि आएका कारण पार्टीमा प्रवेश गरेको सिलवालले कार्यक्रममा बताएका छन् ।

LEAVE A REPLY