निर्वाचन आयोगले राजनीतिकदलहरुलाई के के कुरामा लगायो बन्देज ?

काठमाण्डौ ,निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा आचारसहितालाई चुस्त दुरुस्त राखेर चुनावी वातावरण खलबलीन नदिन र राजनीतिक दलहरुलाई अनुशासशमा राख्न पाँचवटा कुरामा बन्देज लगाएको छ। जो निम्न अनुसार रहेका छन् ः
१) स्थानीय प्रशासनको अनुमति नलिई जुलुस, आमसभा वा भेला गर्न नपाईने।
२)दलको कार्यलय बाहेकका स्थानमा दलको झण्डा,चुनाव चिन्ह,डिजिटल बोर्ड वा श्रव्य सामग्री प्रर्दशन गर्न नपाईने।
३)निर्वाचन प्रचार—प्रसारमा बालबालिकाको प्रयोग गर्न वा गराउन नपाईने, कुनै आर्थिक सहायता वा चन्दा, अनुदान दिने घोषण गर्न नहुने।
४)एउटा दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी साधन अन्य दल वा उम्मेदवारले प्रयोग गर्न नपाउने।
५)उम्मेदवार र निजको परिवारलाई कुनै तवरबाट डर, त्रास, तथा धम्की दिन नहुने ।

LEAVE A REPLY