कांग्रेस नेताहरुद्वारा एकताको सन्देश

२६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा, नेता डा.शेखर कोइराला, पूर्व उपसभापति विजयकुमार गच्छदारसहितका नेता एकै मञ्चमा उभिएर एकताको सन्देश दिएका छन् । सोमबार विराटनगरमा कोशी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा गगन,शेखरलगायतका नेताहरू एकै मञ्चमा उभिएर सम्बोधन गरेका छन् ।
कार्यक्रम सुरु हुनुपूर्व सहभागी हुन विराटनगर पुगेका सभापति गगन कुमारथापालाई स्वागत गर्न कोइराला आफै पुगेका थिए । उनीहरूबाहेक कार्यक्रममा महामन्त्री गुरुराज घिमिरे, कोशी प्रदेशका सभापति उद्धव थापा, पूर्व सहमहामन्त्री भीष्मराज आङदेम्बे, नेताहरू ज्ञानेन्द्रबहादुर कार्की, सुनिल थापा, रामहरि खतिवडालगायत पनि सहभागी थिए ।
कार्यक्रममा सभापति थापाले चुनावमा पार्टी एकढिक्का भएर अघि बढेको दाबी गरे । परिवर्तनलाई स्वीकार गरेर चुनावमा एकढिक्का भएको कांग्रेसलाई जितबाट कसैले रोक्न नसक्ने पनि उनले बताएका थिए ।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको मुख्य प्रतिबद्धता संविधानको निरन्तरता रहेको पनि सभापति थापाले बताए । उनले भने, ‘संविधानको निरन्तरता हाम्रो कमिटमेन्ट हो । तर, यो संविधानभित्र बदल्नुपर्ने कुराहरू पनि धेरै छ । अनि त्यो कुरा कसैले एक झट्कामा बदल्नसक्छ ? त्यसको लागि विश्वास, संवाद चाहिँदैन ?’ त्यो विश्वास र संवादको नेतृत्व कांग्रेसबाहेक अरुले गर्न नसक्ने उनले बताए ।

LEAVE A REPLY