स्वास्थ्य बीमालाई आर्थिक संकटमा नपारौं

सम्पादकज्यू
स्वास्थ्य बीमामा आर्थिक संकट परेर स्वास्थ्य बीमा कार्यक्रम नै बन्द हुने अवस्थामा पुगेको छ । बजेटभन्दा दोब्बर बढी दायित्व सृजना हुँदा अस्पतालहरु भुक्तानी नपाएर सेवा नै बन्द गर्ने अवस्थामा पुगेको बताइरहेका छन् । स्वास्थ्य बीमा जस्तो पवित्र कार्यक्रम बन्द हुने अवस्थामा पुगेर आर्थिक विपन्नहरुले उपचार गराउन नसकेकै कारण ज्यान गुमाउनुपर्ने अवस्था आउनु दुर्भाग्य हो । सरकारले यसको व्यवस्थापन गर्न नसक्नु लज्जास्पद हो ।
जनताले खाई नखाई तिरेको कर ओहदामा बस्ने पदाधिकारीको सेवा सुविधा र मोजमस्तिका लागि मात्रै होइन जनताको हितका लागि पनि हो भन्ने कुराको ज्ञान सम्बन्धित पदाधिकारीलार्य हुनुपर्दछ । यही ज्ञानका कमीका कारण स्वास्थ्य बीमा कार्यक्रम बन्द हुन अवस्थामा पुगेको सहजै अनुमान गर्न सकिन्छ । त्यसैले स्वास्थ्य बीमा बोर्डले सक्दो चाँडो बीमा गर्नेहरुलाइृ आवश्यक परेको बेला तुरुन्तै रकम दिन सक्ने हैसियत राख्न जरुरी छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा।सुधा शर्मा गौतमले स्वास्थ्य बीमा बोर्डले स्रोत सुनिश्चित नगरी खर्च गर्दा राज्यलाई ठूलो आर्थिक भार परेको र चालु आर्थिक वर्षमा स्वास्थ्य बीमाका लागि विनियोजित १० अर्ब खर्च भैसकेको र वार्षिक २४ अर्ब रुपैयाँ बराबरको दायित्व सिर्जना भएको बताएको छ । यसो भनेर समस्याको समाधान निस्कदैन र पन्छिन पनि सुहाउँदैन । त्यसैले कहाँ कुन स्रोतबाट हुन्छ बीमा कार्यक्रमलाई जीवन्त राख्न जरुरी छ । सम्बन्धित निकायलाई यसबारे सोच्न म तपाईको पत्रिका मार्फत आग्रह गर्न चाहान्छु ।
रामकुमार खड्का
ऊर्लाबारी, मोरङ

LEAVE A REPLY