काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले देश जलाउने शक्तिहरूलाई चिनिसकेको दाबी गरेका छन् ।
झापा क्षेत्र नम्बर ५ को चुनावी घरदैलोका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले देश बचाउने र देश जलाउने शक्तिहरूलाई चिनिसकेकोले अब भ्रममा नपर्ने बताएका हुन् ।
उनले विकास गर्ने र विनाश गर्ने शक्तिबिचको फरक जनताले बुझिसकेको उल्लेख गरे
उनले भने ‘कोही कोही भ्रममा पर्छ तर आम जनता भ्रममा पर्दैन । जनता अब बाठो भइसक्या छ । देखिसक्या छ । बुझिसक्या छ । जनतालाई कसैले छक्काउन खोज्यो भने जनता छक्किने वाला छैन । त्यत्तिको बुझ्ने भइसक्या छ । जनता कसले विकास गर्छ, कसले आगो लाउँछ कसले देश बचाउँछ, कसले देश जलाउँछ ।’
अध्यक्ष ओलीले जनताले अब कसले विकास गर्छ र कसले आगो लगाउँछ भन्नेकुराको फैसला गर्ने बेला आएको बताए ।
ओलीले देश बचाउने र विकास गर्ने शक्तिलाई अत्यधिक मतले जिताउन समेत आग्रह गरे ।









