हिमालय एयरलाईन्सद्वारा दुबई गन्तब्यको लागि उडान सेवा पुनः सञ्चालनमा ल्याएको घोषणा

काठमाडौं । निजी क्षेत्रको हवाई सेवा हिमालय एयरलाइन्सले दुबई गन्तव्यका लागि अस्थाई रुपमा निलम्बन गएिकोउडान सेवा पुनः नियमीतरुपमा सञ्चालनमा ल्याएको घोषणा गरेको छ।
एअरलाइन्स्का अनुसार काठमाडौँ–दुबई उडान सेवा मार्च ८, २०२६ आइतबार देखि पुनः सञ्चालनमा आएको छ भने दुबई–काठमाडौँ उडान सेवा मार्च ९, २०२६ सोमबार देखि सुरु गरिएको छ । उडान समय भने एअरलाइन्स्को नियमित तालिका अनुसार नै रहने कम्पनीले जनाएको छ।
उडान सम्बन्धी थप जानकारीका लागि यात्रुहरूलाई एयरलाइन्सको आधिकारिक बिक्री कार्यालय वा सम्बन्धित ट्राभल एजेन्सीहरूसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।
एअरलाइन्स्ले उडान सञ्चालनलाई निरन्तरता दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै सुरक्षाका कारणले कहिलेकाहीँ उडान रद्द हुन सक्ने जनाएको छ।

LEAVE A REPLY