जेनजी आन्दोलनको विस्तृत प्रतिवेदन भोलि सोमबार आउछःगृहमन्त्री अर्याल

१ चैत, काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनबारे विस्तृत विवरण भोलि सोमबार सार्वजनिक हुने बताउनु भएको छ ।
आज आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा सरकारका प्रवक्ता समेत रहेका ओमप्रकाश अर्यालले भोलि सोमबार विस्तृत आउने बताउनु भएको हो ।
‘प्रतिवेदन अध्ययन गर्नेगरी नेपाल सरकार मन्त्रिपरिषद्ले ग्रहण गर्ने, अहिले भएको निर्णय यत्ति हो । यो भित्र सबै चिज पर्छ,’ सञ्चारकर्मीको जिज्ञासा मेटाउँदै अर्यालले भने, ‘यसको विस्तृत चाहिँ भोलि आउँछ । यति बुझ्नुस् न अहिले ।’
जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनबारे मन्त्रिपरिषदमा आजआइतबार छलफल भएको थियो ।
उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन । प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ लगायतलाई फौजदारी अनुसन्धान गर्न सिफारिस गरिएको छ

LEAVE A REPLY