काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनए को नयाँअध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन भएका छन् । शनिबारदेखि काठमाडौँमा जारी १२ औं महाधिवेशनबाट वर्तमान उपाध्यक्ष शर्मालाई सर्वसम्मत अध्यक्षमा सहमति भएको हो ।यद्दपी घोषणा भने आज सोमबार हुनेछ ।
यता अध्यक्षका प्रत्यासी रविन बज्राचार्यले शर्मालाई समर्थन गरेका हुन् । एकताको महाधिवेशन भएकोले निर्वाचनमा जाँदा संघलाई आर्थिक भार पर्ने भएकोले अध्यक्षमा शर्मालाई समर्थन गरेको उनको भनाइ छ ।
यसअघि उम्मेदवारी फिर्ता लिएका रविन शेरचनलाई पनि उपाध्यक्ष पद दिइने सहमति भएको छ ।







