नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक सवार गाडी दुर्घटना, सामान्य क्षति
काठमाडौं । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशकले चलाएको सवारीसाधन आज कलङ्कीमा सडक डिभाइडरमा ठोक्किँदा सामान्य क्षति भएको छ।
निगमका अनुसार कार्यकारी निर्देशक पेट्रोलियम पदार्थको सहज आपूर्ति, विक्री वितरण तथा खपत व्यवस्थापनको अवस्थाबारे अनुगमन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरबार पुगेका थिए। अनुगमनपछि फर्किने क्रममा दुर्घटना भएको जनाइएको छ।
दुर्घटनाबाट सवारीसाधनमा सामान्य क्षति मात्र भएको र अन्य कुनै गम्भीर क्षति नभएको निगमले जनाएको छ। साथै, विभिन्न सञ्चार माध्यममा प्रकाशित केही समाचारहरू वास्तविकताभन्दा फरक रहेको पनि स्पष्ट पारिएको छ।a

LEAVE A REPLY