काठमाण्डौ जिल्ला अदालतद्वारा ओलीलाई ५ दिनको म्याद थप अनुमति दिदै प्रभावकारी उपचारकोव्यवस्था गर्न आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा प्रभावकारी आवश्यक व्यवस्था गर्न आदेश दिएको छ ।
आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ५ दिन म्याद थपको अनुमति दिँदै प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न समेत आदेश जारी गरेको हो ।
‘प्रतिवादी केपी शर्मा ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेको भन्ने समेत निजको प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न समेत यो आदेश गरिदिएको छ,’ न्यायाधीश श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउलगत्तै अस्पताल भर्ना भएका ओली भने बिरामी भएका कारण इजलासमा भर्चुअल रुपमा उपस्थित भएका थिए ।
ओलीलाई शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरिएको थियो ।
गत २३ र २४ भदौमा जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरपm्तारी गरेको थियो ।
उक्त आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले ओली–लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो ।

SHARE
Previous article
Next article

LEAVE A REPLY