नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा १९ स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले एक भव्य समारोहका बीच १९ जना स्रस्टाहरुलाई प्रज्ञा पुरस्कार प्रदान गरेको छ र्। केही साताअघि घोषणा गरेको प्रज्ञा पुरस्कार तथा प्रज्ञा प्रादेशिक पुरस्कार स्रष्टाहरूलाई प्रदान गरेको हो ।
काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति भूपाल राई र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछालीले सर्जकहरूलाई पुरस्कृत गरे ।
जनही एक लाख रुपैयाँ नगद राशिको ‘प्रज्ञा पुरस्कार–२०८२’ समालोचनातर्फ प्रा.डा.अभि सुवेदी, दर्शनशास्त्रतर्फ ईश्वरचन्द्र ज्ञवाली, गद्य साहित्यतर्फ आहुति, भाषातर्फ प्रा.मुकुन्दशरण उपाध्याय, सामाजिकशास्त्रतर्फ डा.डम्बर चेम्जोङ, पद्य साहित्यतर्फ शैलेन्द्र साकारलाई प्रदान गरिएको छ ।
संस्कृतितर्फ प्रा.डा. सोमप्रसाद खतिवडा, बालसाहित्यतर्फ सुशीला प्रधानाङ्ग, अनुवादतर्फ डा. सर्वोत्तम श्रेष्ठ, अन्तर्देशीयतर्फ नरेश काङमाङ राई बेलायत मातृभाषा हिमाली पहाडीतफ बुद्ध योञ्जन र मातृभाषा मधेश तराईतर्फ अमरेन्द्रकुमार यादवलाई प्रदान गरिएको छ ।
प्रज्ञा–प्रतिष्ठानले पहिलोपटक स्थापना गरेको नगद राशि ५० हजार रुपैयाँ रहेको ‘प्रज्ञा प्रादेशिक पुरस्कार–२०८२’ कोसी प्रदेशतर्फ मलिसा याक्थुम्बा लिम्बू महेन्द्रकुमार नेम्बाङ, मधेस प्रदेशतर्फ मुना चौधरी, वाग्मती प्रदेशतर्फ शान्ति प्रिय बन्दना, गण्डकी प्रदेशतर्फ अनिल श्रेष्ठ, लुम्बिनी प्रदेशतर्फ क्षितिज मगर, कर्णाली प्रदेशतर्फ रमानन्द आचार्य र सुदूरपश्चिम प्रदेशतर्फ कर्ण दयाल ‘सोडारी’लाई प्रदान गरिएको छ ।

LEAVE A REPLY