मिटरब्याज पीडितहरु सम्झौता पत्रमा हस्ताक्षर नभई घर नफर्किने

३२ असार, काठमाडौं । सरकार र मिटरब्याज पीडितबीचको तेस्रो चरणको वार्ता भएको छ । बार्तामा सम्झौता पत्रमा हस्ताक्षर नभर्य घर नफर्किने िमटरब्याज संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहल बताएका छन् ।ेबुधबार साँझ भएको वार्तामा सम्झौता नभएसम्म वार्ता र संघर्ष जारी रहने मिटरब्याज पीडितहरूले जनाएका छन् ।
वार्तामा सहभागी मिटरब्याज पीडित टोलीलाई भने आन्दोलन स्थगित गरेर काठमाडौं जान सरकारी टोली सर्त अघि सारेको छ
पीडितका सबै माग स्वीकार गर्ने तर केही भाषा सच्याउनुपर्ने भएकाले वार्ता टोली गठन गर्ने सरकारी टोलीले प्रस्ताव गरेको थियो । साथै, अन्तिम सम्झौता काठमाडौंमा गर्नेगरी सरकारी पक्षबाट प्रस्ताव भएको वार्तामा सहभागी एक पीडितले बताए
‘हामीले आन्दोलन स्थगित नगरि सम्झौता नभएसम्म वार्ता र संघर्ष सँगसँगै जान्छ भनेका छौं । हाम्रो संघर्ष जारी छ ।
लिखित सम्झौतामा हस्ताक्षर नभइ घर फर्कन नसकिने पीडितहरूको मत छ ।
मिटरब्याज पीडितहरू जनकपुरबाट आफ्ना माग अघि सार्दै स्थलमार्ग हुँदै काठमाडौंको यात्रामा छन् । यसबीचमा गृहमन्त्री सुधन गुरुङ पनि उनीहरूलाई भेट्न बारा पुगेका थिए । उनी आफैं सहभागी भएर दुई चरणको वार्ता पनि भएको थियो । यद्यपि मिटरब्याज पीडितहरूसँग सहमति भने जुट्न सकेको छैन
हस्ताक्षर भएको मितिदेखि सम्झौता लागू हुने भएकोले हस्ताक्षर पछि मात्रै आन्दोलन स्थगित गरिने मिटरब्याज पीडितहरूले अडान राखेका छन् । गृहमन्त्री गुरुङले स्वीकार गरेको सहमति पत्र जस्ताको तस्तै हस्ताक्षर गरी आधिकारिक मान्यता दिनुपर्ने माग उनीहरूको छ ।

LEAVE A REPLY