सरकार फेरिए संगै अधिकांश सरकारी कार्यलयमा कर्मचारीहरुको सेवा शैली पनि फरिदै गयो

काठमाडौँ, असार ३२ गते । गत भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनले ल्याएको यूवा नेतृत्वको सरकारले सुशासन र सेवा प्रवाहलाई उच्च प्राथमिकता दिएसँगै अहिले अधिकांश सरकारी कार्यालयमा कर्मचारीको सेवा शैली पनि फेरिदा सेवा प्रवाहमा सुधारआउदै गएका छन् । यसअघि अत्यावश्यक सेवा प्रवाह हुने जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग, भूमि प्रशासन कार्यालय साबिकको मालपोत, नापी, यातायात कार्यालयलगायतका निकायमा काममा ढिला सुस्त भएर सेवा ग्राहीले पाउनु सम्मको दुख पाएका थिए । कर्मचारीलाई घुस दिए छिन भरमै काम बन्ने , तत्र त्यही कामलाई महिनौ लगाई दिने घुस्याहा कर्म चारीको नियति नै बनेको थियो । तर अहिले तिनै कर्मचारीहरुबाट सेवा सहज र प्रभावकारी बन्दै गएका छन् । नयाँ सरकारको आगमनसँगै स्थायी सरकारका रूपमा रहेको कर्मचारी संयन्त्रको कार्यशैलीमा पनि परिवर्तन देखिएको छ । यसअगाडि कार्यकक्षमा प्रायः नभेटिने कतिपय कर्मचारी अहिले दैनिक कार्यसूचीमै व्यस्त हुने गरेका छन् ।यो कार्यशैलिले गर्दा के चाही असम्भव हुदोरहेछ त भन्ने कुराको चरितार्थ गराएको छ ।
पहिला फाइल लिएर कोठैपिच्छे कुद्नुपर्ने थियो तर अहिले कर्मचारी आफैँले फाइलको सहजीकरण गर्ने गरेकाले अधिकांश काम सहज हुने गरेको सेवाग्राहीहरुले बताउदै आएका छन् ।
अहिले अधिकांश कार्यालयका कर्मचारीले आफ्नो स्वविवेक प्रयोग गरेर समय, डे«सकोर्ड, अनुशासन पालना गरी कार्यान्वयन गर्न थालेका छन् । सरकारले कतिपय कुरामा नीतिगत सुधार गरेकाले त्यसको सकारात्मक प्रभाव कर्मचारीमा परेको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले कर्मचारीले स्वविवेक प्रयोग गरी आत्मअनुशासित हुन थालेको बताउनुभयो । “मन्त्रालयले यस अवधिमा कर्मचारीकै लागि लक्षित गर्दै विभिन्न परिपत्र, नीतिगत निर्णय गरेकाले कर्मचारी आफैँले स्वविवेक प्रयोग गर्न थालेका हुन्,” उहाँले थप्नुभयो । कतिपय कार्यालयमा भने अझै पनि कार्यालयको संरचनागत सुधार भने आवश्यकै भएको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY