राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत्र २३ गतेका लागि तयारी

१९ चैत, काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गतेका लागि तय गरिएको छ । बिहीबारको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्षको निर्वाचनका लागि मिति तोकेका हुन् ।
उनले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ बमोजिम उपाध्यक्ष पदको निर्वाचन तय गरेको बताए । उनले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न निर्देशन पनि दिए ।
त्यस्तै राष्ट्रिय सभाका विषयगत समितिका रिक्त सभापतिहरूको निर्वाचनका लागि चैत २४ गते हुनेछ । रिक्त सभापतिहरूको निर्वाचनका लागि दाहालले राष्ट्रिय सभाका सचिव तुलबहादुर पाण्डेलाई निर्वाचन कार्यक्रमको सूचना प्रकाशित गर्न निर्देशन दिए ।
त्यस्तै राष्ट्रिय सभाको अर्को बैठक चैत २२ गते आइतबार बस्नेछ ।

LEAVE A REPLY