महँगीले ढाड सेकायो
सम्पादकज्यू
स्वदेशमा उत्पादन हुने मात्रै होइन, विदेशमा उत्पादन हुने समेतका दैनिक उपभोग्य वस्तुहरुमा महँगीले ढाड सेकाइरहेको बेला मध्यपूर्वमा भएको तनावको बाछिटा नेपाली बजारमा आइपुग्दा त्यसले नेपाली बजारमा नकारात्मक असर पारेको छ । विश्वव्यापी आपूर्ति संख्यामा गम्भीर रुपमा परेको असरले नेपालमा पेट्रोलियम पदार्थ, हवाइ इन्धन, खाने तेललगायतको मूल्य आकाशिएको छ मध्यपूर्वमा युद्ध भइरहने हो भने अझै कति मूल्यवृद्धि हुने भने भनेर चिन्ता भइरहेको छ । यसलाई कम गर्न दैनिक उपभोग्य वस्तुको विकल्प बारे नयाँ सरकारले सोच्ने बेला आएको छ । खाद्य र लत्ताकपडा छिमेकी मुलुकबाटै आपूर्ति गर्न सकिने भए पनि पेट्रोलियम पदार्थ भने खाडी मुलुकबाट ल्याउनुपर्ने भएकोले यसको विकल्पमा इलेक्ट्रिक सवारीइभीको प्रयोग विस्तार गर्नुपर्ने देखिन्छ । सवारी साधन सञ्चालनदेखि भान्सासम्म इभीको जरुरी पर्ने देखिन्छ । यसका लागि विद्युत सप्लाई पर्याप्त गर्नुपर्ने र विद्युतका तारहरु क्षमताशील बनाउनुपर्ने देखिन्छ । सबैले भान्सामा इन्डक्सन चुलो जोड्ने हो भने र चार्जिङ स्टेशनमा एकैचोटी गाडि चार्ज गर्नुपर्यो भने विद्युत सप्लाईले पुग्दैन । त्यसैले क्षमताशील विद्युतीय तार जडान गर्न तपाईको सञ्चारमाध्यममार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहान्छु ।
एक वर्षको अवधिमा पेट्रोलियमको मूल्य ४५.८ प्रतिशतले वृद्धि भई प्रतिब्यारेल १०३.२३ डलर पुगेको छ भने सुनको मूल्य करिब ७० प्रतिशतले बढेर प्रति आउन्स ५ हजार ४४ डलर नाघेको छ । त्यसैगरी इन्धन मूल्य पनि प्रति लिटर ३० रुपैयाले बढेको छ ।
मनिष भट्टराई
चाबहिल, काठमाडौं ।

LEAVE A REPLY