जनताको नयाँ जनादेश उत्साह जनक छ । यस पटक जनताले पुराना पार्टीहरुबाट मुलुकभित्र सृजना गरेका विभिन्न विकृति र विसंगति, भ्रष्टाचार समेतका गतिविधिलाई गम्भीर रुपमा लिएर अब पुराना नेताहरुबाट मुलुकका तमाम समस्याहरु समाधान हुन सक्दैन भन्ने निष्कर्षमा पुगेर नयाँ पार्टी एवं नेताप्रति आशा र भरोसा राखेर मतदान गरेका छन् । झण्डै दुई तिहाई मत नयाँ पार्टी अर्थात राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले प्राप्त गरेको छ । अब जनताको आशा र भरोसा अनुसार रास्वपा सरकारले मुलुकका तमाम समस्याहरुको समाधान गर्न नेपालको भुराजनीतिक अवस्थालाई बुझेर अघि बढ्ने छ भन्ने मैले पनि विश्वास लिएको छु ।
मलाई लाग्छ जनताको वर्तमान जनादेश स्वभाविक छ, किन भने यो मुलुकले धेरै लामो समयदेखि सरकारले स्थायित्व प्राप्त गर्न सकेन । सरकारमा बस्ने र प्रतिपक्षमा बस्ने सबै नेता पार्टीहरु कुर्सिको खेलमा मात्र लागि रहे । कसरी सरकारलाई गिराउने र आफु मात्र सत्तामा पुग्ने कुरामा प्रतिपक्ष अवरात्र लागि रह्यो भने सत्तासीन पार्टी सामदाम दण्ड भेद जसरी पनि सत्तामा टिकीरहने कुरामा नै लागि रह्यो । जसको परिणाम स्वरुप न सरकारले स्थायित्व प्राप्त ग¥यो, न जनताको समस्याको समाधान
ग¥यो । यस्ता विविध कारणले जनता अब बलियो, स्थीर सरकार हुनु पर्छ भन्ने कुराको निष्कर्षमा पुगे । र नयाँ पार्टीले केहि गर्न सक्छ भन्ने विश्वासको साथ स्थीर र बलियो सरकार होस भन्ने पक्षमा जनताले मतदान गरे, फलस्वरुप रास्वपाले झण्डै दुई तिहाइ सिट ल्यायो । यस अर्थमा यो जनादेश स्वभाविक छ ।
जनता सार्वभौमसत्ता सम्पन्न भएकोले उसले एकपटक चुनावमा मत दिएपछि करिब पाँच बर्षसम्म आफुले चुनेर पठाएको प्रतिनिधि एवं सरकारले आफुले बाचा गरेको काम कुन हद सम्म सम्पन्न ग¥यो, राष्ट्रको सार्वभौमसत्ता, राष्ट्रियता र स्वतन्त्रताको सम्बद्धन गर्नमा कति काम ग¥यो त्यो हेरिरहेको हुन्छ । मुलुकको विकराल रुप लिएको वेरोजगारी समस्या समाधानमा कति सक्रिय रह्यो जस्ता जनताका जल्दा बल्दा समस्या समाधान गर्न सरकारले कति योगदान ग¥यो भन्ने कुराको जनताले निगरानी गरिरहेका हुन्छन्, यस पटक पनि जनताले यो सरकारले आफ्ना जल्दाबल्दा समस्याहरु समयमै समाधान होस भन्ने खोजिरहेका छन् । जनता यतिबेला पनि पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ । यस पालीको चुनावमा विगत ५ वर्ष भित्रका सरकारले विभिन्न समस्याको समाधान गर्न योगदान दिन नसकेको निष्कर्षमा जनता पुगे र हामी केही गछौं, मुलुकको समस्या समाधान गछौं भन्ने नयाँ प्रतिनिधि र पार्टीप्रति ठुलो आशा र भरोसाका साथ जनताले मतदान गरी आफ्नो सार्वभौमसत्ताको प्रयोग ग¥यो । बालेन शाहको नेतृत्वको सरकारले केही गर्छ भन्ने जनतामा आशा र भरोसा रहेको छ । अब जनताले ५ वर्षसम्म यो सरकारले घोषणा गरेको कार्यव्रmम अनुसार काम गर्छ कि गर्दैन, जनताले मुल्याङ्कन गर्छन र आगामी चुनावमा सोही अनुसार फैसला गर्छन् ।
बालेन सरकारले सर्वप्रथम नेपालको भुराजनीतिक अवस्थालाई गम्भीर भएर गहिरोसँग अध्ययन गर्नु पर्छ । मुलुकको राष्ट्रियता, स्वतन्त्रता र सार्वभौमसत्तामा कहिकतैबाट आँच आउन सक्ने अवस्थालाई रोक्नुपर्छ । प्रजातन्त्रका मुल्य मान्यतालाई प्रवद्धन गर्दै जानु पर्दछ । साथै मुलुकभित्रको शक्ति सन्तुलन कायम गर्न, राष्ट्रिय शक्तिहरुका बीचमा एकता कायम गर्नु पर्दछ । भुराजनीतिलाई विचार गरेर छिमेकी सहित सम्पूर्ण मित्रराष्ट्रहरु सँग सुमधुर सम्बन्ध बनाउदै मुलुकको आर्थिक विकास, बेरोजगारी समस्याको समाधानतर्फ बालेन सरबार सव्रिmय हुनु पर्दछ । यो सरकार सम्पूर्ण नेपाली जनताको सरकार भएको हुनाले सबै पार्टी एवं विभिन्न तहतप्काका जनसमुदायलाई समेत विश्वासमा लिएर काम गर्नु पर्दछ । यसो भयो भने मुलुकको आर्थिक, सामाजिक विकासको गति लिन सक्छ । र, राष्टिूय समस्याहरुको समाधान पनि हुदै जाने छ ।
अब मुलुक कुन मोड लेला भनेर अहिल्यै भविष्यवाणी गर्न सकिदैन तर जनताले जुन आशा र भरोसाका साथ मतदान गरेका छन र विजयी गराएका छन, ती जनप्रतिनिधिहरुले मुलुक र जनताको हितमा पुराना सरकारका गल्ती नदोहोराई काम गरेमा मुलुकले काँचुली फेर्न सक्दछ । हाल जनताले यो सरकारप्रति ठुलो आशा र भरोसा गरेका छन् तापनि अहिले नै मुल्याङ्कन नगरी केहि दिन अर्थात कम्तीमा सय दिन सम्म हेरेर फर्कनु पर्दछ । त्यस पछि मात्र ुहुने विरुवाको चिल्लो पात वा नहुने विरुवाको फुस्रो पातु भन्ने उक्तिलाई मध्य नजर राखेर जनताले मुल्याङ्कन गर्नेछन् ।
यस पटकको निर्वाचनमा पुरै जेनजीहरुले रास्वपालाई मत दिए भन्ने कुरामा केहि सत्यता छ तापनि जेनजीहरुको बिचमा पनि मत बाझिएको कुरा सार्वजनिक रुपमै आएको हुनाले सबै मत रास्वपालाई प¥यो भन्ने लाग्दैन । तर जनेजीहरु सहित बहुमत जनताको मत चाही निश्चित रुपमा रास्वपालाई परेकोले नै बढि सिट जित्न सफल भएको
हो ।
मेरो विचारमा पुराना पार्टीहरुले समेत मुलुकको राष्ट्रिय राजनीतिमा केहि हदसम्म महत्वपूर्ण भूमिका खेलेका हुन, थिए । ती पार्टीहरुले विगत चुनावमा जनतालाई दिएका बाचा पुरा नगर्दा र मुलकभित्र राजनीतिक, आर्थिक, सामाजिक विकृतिहरुको समाधान नसक्दा यि पार्टीहरुप्रति जनताको भरोसा उठेको हो । अब यि पार्टीहरुले संसदीय प्रजातन्त्रको पक्षमा, मुलुकको भुराजनीतिको पक्षमा, मुलुकको अस्मिताको पक्षमा राष्ट्रिय शक्तिहरुबीचको एकताको पक्षमा र मुलुकका भ्रष्टाचार, बेरोजगारी लगायत जल्दाबल्दा समस्याको समाधानको पक्षमा सरकारलाई खबरदारी गर्ने र रचनात्मक सहयोग गरी अघि बढ्न सके भने जनताले फेरि पुराना पार्टीलाई विश्वास गर्न सक्छन् ।
तर हालको अवस्थामा यो सरकारलाई प्रतिपक्षले समेत सहयोग गरेमा मात्र उनीहरुको लागि मुलुक र जनताले दिएको अभिमतको कदर गरेको ठहर्छ । राम्रो कुरामा प्रतिपक्षसँग वर्तमान सरकारले पनि आवश्यक सहयोग लिएर अघि बढे त्यो पनि राम्रै हुनेछ । ९लेखक काफ्ले वरिष्ठ अधिवक्ता हुनुहुन्छ ।०









