, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले मन्त्रीहरुलाई आइफोन वितरण गर्ने निर्णय नगरेको दाबी गर्नु भएको छ ।
मन्त्रीहरुलाई आईफोन दिन लागेका समाचार आएपछि मन्त्री तिमिल्सिनाले खण्डन गर्दै यो भ्रामक भएको भन्दै प्रश्न गर्नु भएको छ । ‘सरकारले हरेक मन्त्रीलाई आइफोन दिन लागेको भन्ने भ्रामक कथा कसको कल्पनामा किन निर्माण भयो ?
उनले कुनै पनि कुरा साझा गर्नुअघि स्रोत र विश्वसनियता सुनिश्चत गर्न सुझाव पनि दिनु भएको छ ।
उहाँले यो सरकार हरेक पल कसरी नागरिकलाई सुन्दर भविष्य दिन सकिन्छ भनेर लागेको दाबी गर्दै नागरिकको करको पैसाको दुरूपयोग नगर्ने बताउनु भएको छ ।उहाँले जनताको हरेक रुपैयाँको मूल्य आफूहरुले अनुभूत गरेको पनि बताउनु भएको छ ।








