काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका निम्ति आज वैशाख ११ निर्वाचन हुँदै छ । दलको नेता चयन प्रक्रिया सञ्चालनका लागि गठन गरिएको समितिले बिहीबार निर्वाचन तालिका हेरफेर गरेको छ ।
निर्वाचन तालिकाअनुसार, उमेदवारी दर्ता दिउँसो ३ बजे हुनेछ । ४ः३० सम्म उमेदवारको नाम फिर्ता लिने समय तोकिएको छ ।
मतदान प्रक्रिया साँझ ५ बजेपछि सुरु गरिने तालिका तय गरिएको छ ।









