थापाथलीमा सुकुम्बासीहरु बासस्थान छोड्न बाध्य, सर्ने क्रम तीव्र

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले अतिक्रमित सुकुम्बासी बस्ती हटाउन निर्देशन दिएपछि काठमाडौंको थापाथली क्षेत्रमा बस्ती खाली गर्ने क्रम तीव्र भएको छ। सरकारको निर्देशन सार्वजनिक भएसँगै स्थानीय सुकुम्बासीहरू आफ्नो बासस्थान छाड्न बाध्य भएका छन्।
प्रधानमन्त्री शाहले अतिक्रमित सार्वजनिक जग्गामा बनेका बस्तीहरू हटाउन सबै सुरक्षा निकायका प्रमुखहरूलाई स्पष्ट निर्देशन दिएका थिए। गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका उनले हालै सुरक्षा निकायका प्रमुखहरूसँगको बैठकमा कानुन कार्यान्वयनमा कडाइ गर्न आग्रह गरेका हुन्।
निर्देशनपछि शनिबार बिहानदेखि डोजर चल्ने चर्चा फैलिएको थियो। त्यसको प्रभावस्वरूप थापाथलीका सुकुम्बासीहरूले बिहीबार साँझदेखि नै आफ्ना घरटहरा भत्काउन र सामान सार्न सुरु गरेका थिए। शुक्रबार बिहानसम्म पनि उक्त क्षेत्रमा बस्ती खाली गर्ने क्रम जारी रहेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
स्थानीयहरूका अनुसार अचानक आएको निर्णयले आफूहरू समस्यामा परेको गुनासो गरेका छन्। “हामीलाई बस्ने वैकल्पिक व्यवस्था नभईकन हटाउन खोजिएको छ,” एक स्थानीयले बताए। उनीहरूले सरकारसँग पुनःस्थापनाको स्पष्ट योजना माग गरेका छन्।
सरकारको तर्फबाट भने सार्वजनिक जग्गा संरक्षण र व्यवस्थित सहरी विकासका लागि यस्तो कदम आवश्यक भएको बताइएको छ। यद्यपि, मानवअधिकारकर्मी र सरोकारवालाहरूले बस्ती हटाउने क्रममा मानवीय पक्षलाई ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
थापाथली क्षेत्र अहिले तनावपूर्ण बनेको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ ।
बालेन शाहले यो अभियान आफू काठमाण्डौ महाँनगरपालिकाको मेयर हुँदै चालेका थिए । तर तत्कालिन सरकारको अवरोधका कारण अभियान सफल पार्न पाएका थिएननु । अहिले मुलुकको बागडोर आफ्नै कााधमा परे पछि सहज भएको छ ।बागमति, मनोहरा, लगायतका नदी—खोलामा सुकुम्बासीहरुको बस्ति हुँदा सिंगो बस्तिलाईनै डुवानमा पर्ने जोखिम थियो भनें बस्तिमा देखिएका छाप्राहरुले काठमाण्डौको शोभा नै गएको थियो ।

LEAVE A REPLY