नेपाल टेलिकमद्वारा“समर अफर २०८३” सार्वजनिक

काठमाडौं,नेपाल टेलिकमले “समर अफर २०८३” सार्वजनिक गर्दै ग्राहकका लागि विभिन्न नयाँ तथा आकर्षक भ्वाइस र डाटा प्याकेजहरू घोषणा गरेको छ। कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै अफर बैशाख ११ गतेदेखि लागू भएको जनाएको छ।
नयाँ अफर अन्तर्गत टेलिकमले प्रिपेड मोबाइलका २८ दिने प्याकेजलाई परिमार्जन गरी ३० दिनको बनाएको छ। अब सबै प्याकेजहरू ३० दिन अवधिका हुनेछन्। साथै, भ्वाइस प्याकहरूमा अब सबै नेटवर्कमा कल गर्न सकिने ‘अल–नेट’ सुविधा समावेश गरिएको छ।
कम्पनीले लोकप्रिय “सजिलो अनलिमिटेड प्याक” लाई अझ आकर्षक बनाएको जनाएको छ। यस अन्तर्गत रु। ९९९ मा अनलिमिटेड अल–नेट भ्वाइस, ३०० जीबी डाटा र ३०० एसएमएस सुविधा उपलब्ध हुनेछ। त्यस्तै रु। ७९९ को प्याकमा अनलिमिटेड भ्वाइस, १५० जीबी डाटा र २५० एसएमएस समावेश गरिएको छ।
डाटा प्याकतर्फ रु। ५४९ मा ४० जीबी र रु। ९९९ मा १०० जीबी डाटा उपलब्ध हुने व्यवस्था गरिएको छ। साथै, मासिक प्याकेज अन्तर्गत रु। ५९९ मा दैनिक २ जीबी र रु। ३४९ मा दैनिक १ जीबी डाटा प्रयोग गर्न सकिनेछ।
त्यसैगरी, छोटो अवधिका लागि रु। २५ मा १ घण्टासम्म अनलिमिटेड भ्वाइस तथा डाटा सुविधा उपलब्ध गराइएको छ। रु। ९९९ मा ३० दिनसम्म प्रतिदिन प्रयोग गर्न मिल्ने ५ एमबीपीएस स्पिडको डाटा प्याक पनि ल्याइएको छ।
यस अफर अन्तर्गत नाइट प्याक, कम्बो प्याक, बन्डल्ड प्याक, एडअन प्याक, सीयूजी प्याक, एसएमएस प्याक तथा एफटीटीएच सेवा समेत समावेश गरिएको कम्पनीले जनाएको छ।
ग्राहकहरूले “नेपाल टेलिकम” एपमार्फत प्याकेजहरूबारे जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन्। साथै कम्पनीको आधिकारिक वेबसाइटमार्फत पनि विस्तृत जानकारी प्राप्त गर्न सकिनेछ।
नेपाल टेलिकमका प्रवक्ता रबिन्द्र मानन्धरका अनुसार यो अफरले ग्राहकलाई अझ सुलभ र किफायती सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।

LEAVE A REPLY