कांग्रेस संस्थापनइतरको बैठक ११ वजे बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतरपक्ष (देउवाखड्का समूहको ) बैठक आज बस्दै छ । निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले आज बिहान ११ बजे धुम्बाराहीस्थित स्मार्ट होटेलमा बैठक बोलाएका हुन् ।
आजको बैठकमा सो समूहका शीर्ष नेता, निवर्तमान केन्द्रीय सदस्यहरु जिल्ला सभापतिहरु ,साथै उपत्यकाका उपलब्ध क्षेत्रीय सभापतिहरुलाई बोलाइएको छ ।
आजको बैठकमा १५ औं महाधिवेशनमा आफ्नो समूहको स्थान , आगामी रणनीति क्रियाशील सदस्यता अद्यावधिक लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

LEAVE A REPLY