काटमाण्डौ, राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका ६थान अध्यादेश फटाफट जारी गरेकाछन् । मन्त्रिपरिषद्को सिफारिसमा शनिबार तीन अध्यादेश जारी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। यसअघि बिहीबार सहकारी ऐन पहिलो संशोधन र सार्वजनिक खरिद ऐन संशोधन अध्यादेश तथा शुक्रबार सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अध्यादेश जारी भएको थियो।
शनिबार स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ जारी भएको हो









