सरकार समयमै सचेत बनेर जनताको जीवन रक्षाका लागि गम्भिर बनोस्

पाठक पत्र
सम्पादक ज्यू,सरकार समयमै सचेत बनेर जनताको जीवन रक्षाका लागि गम्भिर बनोस्
पाठक पत्र
सम्पादक ज्यू,
फाल्गुन २१ को निर्वाचन सम्पन्न भई प्रतिनिधिसभा गठन भइसकेको अवस्था छ । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले राम्रो जनमत पायो र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह बालेनको नेतृत्वमा सरकार गठन भयो । निर्वाचनअघि रास्वपा र बालेनले उद्योगधन्दा खोल्ने, वैदेशिक रोजगारीको अन्त्य गर्ने, अर्थतन्त्र चलायमान बनाउने, सार्वजनिक सम्पत्ति फिर्ता ल्याउने जस्ता थुप्रै लोभलाग्दा वाचाहरू गरेका थिए ।
तर, सरकार गठनपछिको ४ महिनामा परिणाम ठ्याक्कै उल्टो देखिएको छ । महँगी र बेरोजगारी झन् बढेको छ भने सरकार आफैँ ठुलो वैदेशिक ऋण लिन व्यस्त छ । सबैभन्दा गम्भीर र चिन्ताजनक कुरा त सरकार गठनअघि जनतामा जति उत्साह थियो, अहिले त्यति नै निराशा छाएको छ ।
पछिल्ला दिनहरूमा गरिबी, बेरोजगारी र आर्थिक मन्दीका कारण देशका विभिन्न स्थानमा नागरिकहरूले आत्मदाह गर्ने र प्रयास गर्ने जस्ता दुःखद् घटनाहरू ह्वात्तै बढेका छन् । गत बिहीबार राहदानी विभागअगाडि मुगुका गणेश नेपालीले आत्मदाह गरे, सोही दिन सर्लाहीमा एक युवकले प्रयास गरे भने शनिबार बुद्धनगरमा अर्का व्यवसायीले आत्मदाह गरे । यी घटनाले देशमा चरम निराशा व्याप्त छ भन्ने स्पष्ट पार्छ ।
हिजोका दिनमा जनताले बालेन र रास्वपाप्रति ठुलो विश्वास गरेका थिए । तर सत्तामा पुगेपछि उनीहरू पनि पुरानै प्रवृत्तिका देखिएका छन् । यति मात्र होइन, सरकार बिस्तारै निरंकुश बन्न खोज्दै छ र आफ्नो विरुद्ध बोल्नेका आवाज दबाउन थालेको छ । यसले हजारौँको बलिदानबाट आएको लोकतन्त्र र गणतन्त्रलाई नै संकटमा पार्ने देखिन्छ ।
सरकार जनताका पीडा देख्दैन, केवल विरोधका आवाज दबाउन खोज्छ । गृह मन्त्रालयले आत्मदाहको दोष स्थानीय तहमाथि थुपारेर पन्छिन खोज्नु गैरजिम्मेवारीपन हो । विगतमा ‘जेनजी आन्दोलन’ का क्रममा भएका क्षति र वर्तमान समयमा भइरहेका आत्मदाहहरूको नैतिक जिम्मेवारी वर्तमान सरकारले लिनै पर्छ ।
बालेन सरकारले सय दिनमा खासै काम गर्न नसके पनि सर्वसाधारणहरू अझै आश बोकेर चुपचाप बसेका छन् । तर यो मौनतालाई सरकारले कमजोरी ठानेर जनतामाथि विश्वासघात गरिरह्यो भने जनता सडकमा ओर्लन बाध्य हुनेछन् र विगतको भन्दा ठुलो आन्दोलन हुन सक्छ । सरकारले स्टन्टबाजी छोडेर कामतर्फ ध्यान दिनु जरुरी छ ।‘हामीसँग सेना छ’ भनेर सरकार ढुक्क बस्नु हुन्न । इतिहास साक्षी छ, सेनाले सधैँ सरकारलाई बचाउन सक्दैन र सेना प्रयोग गरेर जनता दबाउँछु भन्नु सरकारको भ्रम मात्र हो । तसर्थ, सरकार समयमै सचेत बनोस् र नागरिकको जीवन रक्षाका लागि गम्भीर बनोस् ।—रुषा थापा

LEAVE A REPLY