कांगे्रस नीति तथा अनुसन्धान प्रशिक्षणद्वारा आज सुदुरपश्चिममा भेला आयोजना गर्दै,भेलामा पराजयको समिक्षा गरिने

काठमाडौं । नेपाली कांग्रेसले आज सुदूरपश्चिम प्रदेशमा प्रदेश भेला गर्दै छ । नीति तथा अनुसन्धान प्रशिक्षणद्वारा आयोजित भेलालाई सभापति गगन थापाले सम्बोधन गर्नेछन् ।
गत पुसमा विशेष महाधिवेशनपछि कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवाको गृहप्रदेशबाट वर्तमान सभापति गगनकुमार थापाको प्रमुख आतिथ्यतामा स्थानीय तह र प्रदेशका सांसद तथा मन्त्रीहरूसँग सामूहिक छलफल गर्ने तयारी गरेको हो ।
प्रदेशस्तरीय भेलामा विशेषगरी प्रतिनिधि सभा निर्वाचनको परिणामको समीक्षा हुनेछ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यसम्पादनबारे पनि छलफल गर्ने कार्यसूची रहेको सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले बताए । भेलामा सभापति थपा उपसभापति विश्वप्रकाश शर्मा,महामन्त्री गुरुराज घिमिरे लगायले सम्बोधन गर्नेछन्।
कार्यक्रमको व्यवस्थापन नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले गर्ने र स्थानीय संयोजन जिल्ला कार्यसमिति कैलालीले गर्ने बताइएको छ ।
कार्यक्रममा सबैभन्दा पहिले सुदूरपश्चिम प्रदेशका सबै प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको रिपोर्टिङ सुन्ने कार्यक्रम रहनेछ । त्यसपछि केन्द्रीय नेताहरू बोल्नेछन् ।
भोलि स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सभा सदस्य तथा सरकारका प्रतिनिधि, नीति आयोगका उपाध्यक्ष तथा सदस्यहरूको प्रशिक्षण राखिएको छ । उनीहरूलाई उपसभापति विश्वप्रकाश शर्माले प्रशिक्षण दिनेछन् ।

LEAVE A REPLY