काठमाडौँ ।इप्पानको हालै सम्पन्न साधारण सभाले मोहनकुमार डाँगीलाई अध्यक्ष पदमा चयन गरेको छ । डाँगीको नेतृत्वमा स्वतन्त्र उर्जा उत्पादक संघ इप्पानको नयाँ कार्यसमिति चयन भएको निर्वाचन समितिले जनाएको छ
समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्रबल्लभ पन्त, विक्रम विष्ट, सुशन कर्माचार्य र हिमप्रसाद पाठक निर्विरोध निर्वाचित भएका छन् ।
यतामहासचिवमा टेकनाथ आचार्य टीएन आचार्य तथा उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित भएको समितिले जनाएको छ । सचिव पदमा अभिषा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्विरोध निर्वाचित भए ।
तर इप्पानको कोषाध्यक्षमा भने निर्वाचन भएको थियो । कोषाध्यक्षमा शंकर बस्यालले २६७ मत प्राप्त गर्दै विजयी भए भने मिथुन चक्रवर्तीप्रसाद पौडेलले ८२ मत प्राप्त गरे ।
खुला सदस्यतर्फ अनुप आचार्य, कदम केसी, जगदीश सिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का तथा वर्णन लामिछाने निर्विरोध निर्वाचित भएका छन् । महिला सदस्यमा ज्योति गैरे, प्रतिमा ज्ञवाली र संगीता धमला निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।








