काठमाडौं । संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको विनियोजन विधेयक, २०८३ मंगलबार राष्ट्रिय सभाबाट पनि पारित भएसँगै बजेट दुवै सदनबाट पारित भएको हो।
मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा.स्वर्णीम वाग्लेले विनियोजन विधेयक, २०८३ लाई निर्णयार्थ पेश गरेका थिए। उक्त प्रस्ताव बैठकमा बहुमतले पारित भएको हो।
यसअघि प्रतिनिधि सभाको बैठकले विनियोजन विधेयकलाई पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो। राष्ट्रिय सभाबाट पनि यो विधेयक पारित भएसँगै सरकारलाई आगामी आर्थिक वर्षका लागि खर्च गर्ने कानुनी बाटो खुलेको छ ।
हिजोकै बैठकमा अर्थमन्त्री डा. वाग्लेले बजेटसँगै आश्रित रहेको ‘आर्थिक विधेयक, २०८३’ समेत पेश गरेका छन्।









