स्पेन दोस्रो पटक विश्वकप विश्वविजेता

काठमाडौँ, साउन ४ गते । फेरान टोरेजका लागि यस विश्वकपमा गरेको पहिलो गोल जीवनकै अमूल्य गोल भएको छ । सो गोलले स्पेनलाई दोस्रो पटक फुटबलको विश्वविजेता बनायो ।
स्थानापन्न खेलाडीका रूपमा मैदान प्रवेश गरेका टोरेजले अतिरिक्त समयमा गोल गरेपछि स्पेनले आइतबार राति अर्जेन्टिनालाई १–० ले हराएर विश्वकप फुटबल प्रतियोगिता, २०२६ को उपाधि जितेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख जियानी इन्फान्टिनोले स्पेनका कप्तान रोड्रीलाई विश्वकप ट्रफी प्रदान गर्नुभयो । स्पेनको यस जितसँगै अमेरिका, क्यानडा र मेक्सिकोमा करिब पाँच हप्ता चलेको विश्वकपको २३ औँ संस्करण सकिएको छ ।
स्पेन यसअघि सन् २०१० मा विश्वकप च्याम्पियन बनेको थियो । प्रशिक्षक लुइस डी ला फुएन्टेकै प्रशिक्षकत्वमा स्पेनको यो तेस्रो उपाधि हो । उहाँको प्रशिक्षकत्वमा सन् २०२३ मा युइएफए नेसन्स लिग र सन् २०२४ मा युरोपियन कप जितेको थियो । हारसँगै अर्जेन्टिनाको लगातार दोस्रो पटक विश्व च्याम्पियन भएर चार पटक च्याम्पियन बन्ने ब्राजिलको कीर्तिमान बराबरी गर्ने सपना पूरा भएन । यसै गरी अर्जेन्टिना चौथो पटक विश्वकप उपाधि जितबाट चुकेको हो । यसअघि अर्जेन्टिनाले सन् १९७८, १९८६ र २००२ मा उपाधि हात पारेको थियो ।
स्पेनले विश्व च्याम्पियन बन्ने क्रममा कुल आठ खेलमा एक गोल मात्र बेहो¥यो । जुन विश्वकपमा सबैभन्दा कम गोल बेहोरेर विजेता बनेको कीर्तिमान बनेको छ । स्पेनको पुरुष टिम मात्र होइन, महिला टिम पनि अहिलेको विश्व र युरोपेली च्याम्पियन हो । न्युयोर्क, न्युजर्सीस्थित मेटलाइफ रङ्गशालामा भएको फाइनलमा निर्धारित समयको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि उपाधि विजेताको छिनोफानोका लागि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । अर्जेन्टिनाले अतिरिक्त समय एक खेलाडीको बेफाइदामा खेलेको थियो । खेलको इन्जुरी समयमा इन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्डसहित रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको हो । फर्नान्डेज विश्वकपको फाइनलमा रातो कार्ड पाउने छैटौँ खेलाडी बन्नुभएको छ । उहाँ बाहिरिएको केही क्षणपछि लामिने यमालको फ्री किक अर्जेन्टिनाका गोलरक्षक इमिलियो मार्टिनेजले दर्शनीय ढङ्गले जोगाएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको सातौँ मिनेटमा निको विलियम्सले बल गोलपोस्टमा पनि छिराउनुभएको थियो । तर रेफ्रीले फाउलको सङ्केत गरेपछि सो गोलले मान्यता पाएन । यद्यपि १०६ औँ मिनेटमा निकोले उत्कृष्ट कटब्याक पाससहित टोरेजलाई बल मिलाइदिनुभयो । सोही पासमा टोरेजले गोल गर्नुभएको हो ।
यसअघि स्पेनले खेल अवधिभर दबाब बनाएको थियो । स्पेनले अर्जेन्टिनाको गोलपोस्टमा लक्षित २० प्रहार गरेको थियो । अर्जेन्टिनाको तर्फबाट स्पेनको गोलपोस्टमा पहिलो प्रहारै खेलको अतिरिक्त समयमा मात्र आएको थियो । स्पेनका गोलरक्षक मार्टिनेजले १२ प्रहार रोक्नुभयो । जुन विश्वकपको फाइनलमा कीर्तिमान पनि भएको छ । यस जितसँगै स्पेनको विजयी यात्रा ३९ खेल पुगेको छ । यस क्रममा स्पेनले २९ जित र नौ बराबरीमा खेलेको छ ।
ट्रफीसँगै ५१ मिलियन
स्पेनले उपाधि जितेपछि सुनको ट्रफीसँगै ५१ मिलियन अमेरिकी डलर पुरस्कार पायो । उपविजेता अर्जेन्टिनाले ३४ मिलियन डलरमा चित्त बुझायो । यसैगरी तेस्रो भएको इङ्ग्ल्यान्ड ३० मिलियन र चौथो स्थानमा रहेको फ्रान्सले २८ मिलियन डलरको हकदार बनेका थिए । यसै गरी पाँचौँदेखि आठौँ स्थानमा रहने टिमलाई २० मिलियन डलर, नवौँदेखि १६ औँ स्थानमा रहने टिमलाई १६ मिलियनडलर, १७ देखि ३२ औँ स्थान बनाउने टिमलाई १२ मिलियन डलर र समूह चरणबाट बाहिरिने प्रत्येक टिमलाई १० मिलियन डलर प्रदान गरिएको थियो ।
विश्वकपका नायकः
सर्वश्रेष्ठ युवा खेलाडी
पाउ कुबार्सी स्पेन
सर्वश्रेष्ठ गोलरक्षक गोल्डेन ग्लोभ्स विजेता
उनाइ सिमन्स स्पेन
सर्वश्रेष्ठ खेलाडी गोल्डेन बल विजेता
रोड्री स्पेन
सर्वाधिक गोलकर्ता गोल्डेन बुट

किलियन एम्बापे १० गोल फ्रान्स

 

LEAVE A REPLY